मधेशका बालबालिकालाई शैक्षिक सहयोग: रूपन्देहीको पलत टोलका विद्यार्थीहरूलाई सहायता

    मधेशका बालबालिकालाई शैक्षिक सहयोग: रूपन्देहीको पलत टोलका विद्यार्थीहरूलाई सहायता

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गुणस्तरीय शिक्षामा पहुँच बढाउने र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिकासँग साझेदारी गरी स्थानीय बालबालिकाहरूलाई सहयोग उपलब्ध गराएको छ। यस पहलले विशेष गरी ओमसतिया गाउँपालिका वडा नं. ६ स्थित पलत टोलका रैथाने तथा साना किसान परिवारका रैथाने बालबालिकाहरूलाई लक्षित गरेको छ, जहाँ आर्थिक विपन्नताका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा चुनौतीहरू थपिएका छन्।

    विद्यालय शिक्षामा लाग्ने विविध अतिरिक्त खर्चहरू (जस्तै शैक्षिक सामग्री र झोला) न्यून आय भएका तथा सीमान्तकृत समुदायका परिवारका लागि ठूलो भार बन्ने गरेको तथ्यलाई मनन गर्दै बैंकले यो शैक्षिक सामग्री वितरण अभियान चलाएको हो। यस पहलअन्तर्गत, बैंकको स्थानीय शाखा टोलीले प्रत्यक्ष रूपमा समुदायमै पुगेर विपन्न वर्गका बालबालिकाहरूलाई विद्यालयका लागि आवश्यक ब्याग (झोला) र सम्पूर्ण स्टेसनरी सामग्रीहरू (कापी, डटपेन, पेन्सिल) वितरण गरेको छ। यस व्यावहारिक सहयोगमार्फत बालबालिकाहरूलाई नयाँ उत्साहका साथ विद्यालय जान प्रेरित गर्ने, अभिभावकको आर्थिक भार कम गर्ने र दुर्गम क्षेत्रमा शिक्षाको उज्यालो फैलाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

    #