बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमार्फत शिक्षा प्रवर्द्धन तथा विद्यार्थीहरूको समग्र कल्याणप्रति रहेको प्रतिबद्धताअनुरूप, सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–५ स्थित श्री ऐँसेलुखर्क माध्यमिक विद्यालय लाई कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने मानसिक स्वास्थ्य तथा लागुऔषध दुर्व्यसन सचेतना कार्यक्रम का लागि रु. ३०,०००/- आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोगमार्फत विद्यालयले मानसिक स्वास्थ्य, भावनात्मक सुदृढता, सही निर्णय क्षमता विकास तथा लागुऔषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न सफल भएको छ। अन्तरक्रियात्मक सिकाइ गतिविधिहरूमार्फत विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास तथा जीवनोपयोगी सीप अभिवृद्धि हुनुका साथै थप सहयोगी र सकारात्मक सिकाइ वातावरण निर्माणमा समेत योगदान पुगेको छ।
यस पहलबाट विशेषगरी आर्थिक रूपमा विपन्न पृष्ठभूमिका विद्यार्थीहरू लाभान्वित भएका छन्। साथै, उनीहरूको व्यक्तिगत, सामाजिक तथा शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्दै स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
_1789121284.jpeg)
_1789121348.jpeg)
