बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमार्फत गुणस्तरीय शिक्षा तथा डिजिटल सिकाइ प्रवर्द्धन गर्ने प्रतिबद्धताअनुरूप, काठमाडौं जिल्लाको बुढानीलकण्ठ नगरपालिका–१३, गाम्चास्थित श्री जनउद्धार माध्यमिक विद्यालय लाई तीन थान कम्प्युटर तथा एक थान प्रिन्टर उपलब्ध गराई सहयोग प्रदान गरेको छ। उक्त विद्यालयमा मुख्यतः आर्थिक रूपमा विपन्न तथा न्यून आय भएका परिवारका विद्यार्थीहरू अध्ययनरत छन् र विद्यालयले गुणस्तरीय शिक्षा तथा डिजिटल सिकाइका अवसरहरू विस्तार गर्न निरन्तर प्रयास गर्दै आएको छ।
विद्यालयको कम्प्युटर शिक्षा सम्बन्धी पूर्वाधार सुदृढीकरण गर्ने, विद्यार्थीहरूको प्रविधिमा पहुँच अभिवृद्धि गर्ने तथा डिजिटल साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। उपलब्ध गराइएका कम्प्युटर तथा प्रिन्टरले व्यवहारिक कम्प्युटर शिक्षणलाई थप प्रभावकारी बनाउन, विद्यार्थीहरूमा आवश्यक डिजिटल सीपको विकास गर्न तथा समग्र शिक्षण–सिकाइ वातावरणलाई सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस पहलमार्फत बैंकले डिजिटल पहुँचमा रहेको असमानता न्यूनीकरण गर्न तथा आर्थिक रूपमा विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रविधिमा आधारित शैक्षिक स्रोतहरूसम्म थप सहज पहुँच सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास लिएको छ।