संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कुमारी बैंक लिमिटेड ले रसुवा–त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको उद्धार तथा राहत कार्यलाई सघाउन गृह मन्त्रालय लाई अत्याधुनिक विपद् प्रतिकार्य तथा राहत सामग्री उपलब्ध गराएको छ।
_1790071535.png)
उक्त सहयोग अन्तर्गत थर्मल इमेजिङ तथा कृत्रिम बुद्धिमत्ता (AI) प्रणालीयुक्त उच्च प्रविधिका ड्रोन उपलब्ध गराइएको छ, जसले दुर्गम तथा जोखिमयुक्त क्षेत्रमा हवाई निगरानी, खोज तथा उद्धार कार्य, क्षतिको मूल्यांकन तथा प्रभावित क्षेत्रको वास्तविक अवस्थाको जानकारी संकलन गर्न सहयोग पुर्याउँछ। यसका साथै उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय र निरन्तर ऊर्जा आपूर्तिका लागि फास्ट चार्जिङ पावर बैंक तथा जेनेरेटर सेट समेत उपलब्ध गराइएको छ।
उपकरणहरूलाई प्रभावित क्षेत्रमा जारी सरकारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन तत्काल परिचालन गरिएको थियो। अत्याधुनिक ड्रोन प्रविधिको प्रयोगले वास्तविक समयमै निगरानी गर्न, उद्धार टोलीलाई आवश्यक सूचना उपलब्ध गराउन तथा विपद्का समयमा छिटो निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यस सहयोगले तत्कालीन राहत तथा उद्धार कार्यमा मात्र नभई भविष्यका विपद् व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य क्षमतालाई समेत थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।