अटिजम सम्बन्धी सचेतना र समावेशीकरणमा सहयोग: 'ग्लोबल समिट अन एबिए' का लागि आवानी फाउण्डेशनसँग सहकार्य

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य र सामुदायिक कल्याणको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले आवानी फाउण्डेशनद्वारा आयोजित नेपालकै पहिलो 'ग्लोबल समिट अन एप्लाइड बिहेभियर एलायसिस' (ABA) लाई सहयोग गर्न साझेदारी गरेको छ। आवानी फाउण्डेशन अटिजम र अन्य विकासात्मक चुनौतीहरू भएका बालबालिकाहरूका लागि विभिन्न थेरापी सेवा, अभिभावक सशक्तीकरण, र दक्ष जनशक्ति उत्पादनमार्फत सहज वातावरण निर्माण गर्न क्रियाशील नाफारहित संस्था हो।

    अटिजम र व्यवहारिक सुधारका क्षेत्रमा 'एबिए' (ABA) एक विश्वव्यापी रूपमा मान्यता प्राप्त वैज्ञानिक पद्धति भए तापनि नेपालमा यस सम्बन्धी सचेतना र दक्ष प्राविधिकहरूको कमी रहेको छ। यसै सन्दर्भमा, काठमाडौँमा आयोजित दुई दिने शिखर सम्मेलनको पहिलो दिनको कार्यक्रमका लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त सत्र विशेष गरी आर्थिक रूपमा विपन्न तथा काठमाडौँ उपत्यका बाहिर रहेर विपन्न समुदायमा काम गर्ने अभिभावक, शिक्षक र स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। यस सहयोगमार्फत बैंकले अटिजम भएका बालबालिकाका परिवारलाई आवश्यक ज्ञान र सीप प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धि र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

    #