न्यायमा पहुँचका लागि सहयोग: नेपाल बार एशोसिएशनको सामुदायिक सेवा पुनःसञ्चालनमा साझेदारी

    सामाजिक समावेशीकरण, मानवीय सहायता, र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (SDG १६: शान्ति, न्याय र सशक्त संस्थाहरू) प्रति आफ्नो प्रतिबद्धता बम्बाेज्मि, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल बार एशोसिएशन (NBA) लाई सहयोग उपलब्ध गराएको छ। एक नाफारहित छाता संगठनको रूपमा, नेपाल बार एशोसिएशनले आर्थिक र सामाजिक रूपमा पिछडिएका, गरिब तथा सीमान्तकृत समुदायहरूलाई निःशुल्क कानुनी सहायता र परामर्श सेवा प्रदान गरी न्यायमा समान पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    हालैका सार्वजनिक प्रदर्शनका क्रममा बार एशोसिएशनको भौतिक पूर्वाधारमा क्षति पुग्न गई लक्षित वर्गलाई प्रदान गरिने नियमित सेवाहरू प्रभावित हुन पुगेका थिए। उक्त कार्यगत अवरोधलाई हटाउँदै सेवालाई पुनः सुचारु गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैंकले बारको मुख्य प्रशासनिक तथा सेवामूलक पूर्वाधारको मर्मत सम्भारका लागि वित्तीय सहयोग प्रदान गरेको छ। यस सहयोगमार्फत बैंकले विपन्न नागरिकहरूको न्याय पाउने अधिकारको रक्षा गर्न, संस्थागत निरन्तरता दिन र सामाजिक न्यायका क्षेत्रमा कार्यरत संस्थाहरूलाई मजबुत बनाउन टेवा पुग्ने विश्वास लिएको छ।

    #