बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धताअनुरूप बाजुरा जिल्लाको गौमुल गाउँपालिकास्थित श्री मानाकोट माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, श्री अम्लिस माध्यमिक विद्यालय, श्री फूलपाता माध्यमिक विद्यालय, श्री किर्तिचौर माध्यमिक विद्यालय तथा श्री बालविकास माध्यमिक विद्यालय लाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
डिजिटल प्रविधिको उपयोगमार्फत शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा विद्यार्थीहरूको अन्तरक्रियात्मक र प्रविधिमैत्री शैक्षिक सामग्रीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। स्मार्ट टेलिभिजनले शिक्षकहरूलाई थप आकर्षक र प्रभावकारी कक्षाकोठा शिक्षण सञ्चालन गर्न सहयोग पुर्याउनुका साथै डिजिटल सिकाइका अवसरहरू विस्तार गर्ने र ती दुर्गम विद्यालयहरूको समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।