बैंकले श्री बन्थपाली माध्यमिक विद्यालय, छबिसपाथिभेरा गाउँपालिका–०६, बझाङमा अध्ययनरत दृष्टिविहीन, फरक क्षमता भएका, टुहुरा तथा विपन्न, सीमान्तकृत र जोखिममा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा अत्यावश्यक शैक्षिक आवश्यकताहरू (ब्रेल कागज, विद्यालय झोला, विद्यालय ट्र्याकसुट र टोपी) खरिद तथा वितरण गर्न सहयोग प्रदान गरेको छ।
यस सहयोगमार्फत दृष्टिविहीन, टुहुरा तथा अन्य जोखिममा रहेका विद्यार्थीहरूको शिक्षामा पहुँच र सिकाइ वातावरण सुधार हुने, विपन्न परिवारमाथिको आर्थिक भार कम हुने, विद्यार्थीहरूको नियमित विद्यालय उपस्थितिमा वृद्धि तथा विद्यालयमा निरन्तरता (Retention) कायम राख्न प्रोत्साहन मिल्ने, साथै समावेशी शिक्षा र सामाजिक समानताको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।