बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रमार्फत स्वास्थ्य सेवामा सहयोग गर्ने प्रतिबद्धताअनुरूप बेलका नगर अस्पताललाई ३ सिटे कुर्सीका १५ जोडी खरिद तथा वितरण गरी सहयोग प्रदान गरेको छ। अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामी तथा सेवाग्राहीहरूको प्रतीक्षास्थललाई थप व्यवस्थित र सुविधायुक्त बनाउने तथा उनीहरूको सहजता अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग गरिएको हो।
यस सहयोगले अस्पताललाई बिरामीहरूको आवागमन तथा व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाह्यरोग विभाग (OPD) र प्रसूति केन्द्रमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा उनीहरूका परिवारजनका लागि पर्याप्त बस्ने व्यवस्था उपलब्ध गराउन सहयोग पुर्याएको छ।
अस्पतालको आधारभूत भौतिक पूर्वाधार सुदृढीकरणमार्फत थप सहज, पहुँचयोग्य तथा बिरामीमैत्री स्वास्थ्य सेवा वातावरण निर्माण गर्न यस पहलले योगदान पुर्याएको छ। विशेषगरी अस्पतालको सेवा क्षेत्रभित्र रहेका न्यून आय भएका तथा विपन्न समुदायका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।