मातृ स्वास्थ्य र स्थानीय स्वास्थ्य सेवामा सुधार: गोलबजार स्वास्थ्य चौकीको प्रसूति गृहलाई सहयोग

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनस्वास्थ्य, सामुदायिक कल्याण, र मातृ स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यअनुरूप, बैंकले सिरहा जिल्लाको गोलबजार नगरपालिका-६ स्थित सरकारी स्वामित्वको गोलबजार स्वास्थ्य चौकीसँग सहकार्य गरेको छ। विगत दुई दशकदेखि सञ्चालित यस स्वास्थ्य चौकीले स्थानीय क्षेत्रका विपन्न, न्यून आय भएका र सीमान्तकृत परिवारहरूलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

    सुरक्षित प्रसूति सेवा र बलियो स्वास्थ्य पूर्वाधारले आमा र नवजात शिशुको स्वास्थ्य रक्षामा सीधा प्रभाव पार्छ भन्ने तथ्यलाई आत्मसात् गर्दै बैंकले यस स्वास्थ्य चौकीको प्रसूति गृह (Birthing Center) लाई सुदृढ बनाउन सहयोग गरेको हो। यस पहलअन्तर्गत, प्रसूति सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन आवश्यक पर्ने आधुनिक गाइनोकोलोजिकल बेड (सुत्केरी बेड), मेडिकल ट्रली, र कुलर लगायतका स्वास्थ्य पूर्वाधार तथा इलेक्ट्रोनिक्स सामग्रीहरू उपलब्ध गराइएको छ। यस स्वास्थ्य सहयोगमार्फत ग्रामीण क्षेत्रका सर्वसाधारण तथा गर्भवती महिलाहरूले आफ्नै पायक पर्ने स्थानमा गुणस्तरीय र सुरक्षित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।

    #