बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पर्यावरण संरक्षण, पर्यावरणमैत्री जीवनशैली, र सामुदायिक कल्याण गर्ने उद्देश्यअनुरूप, बैंकले 'सुखवती च्यारिटी स्टोर' सँग साझेदारी गरेको छ। सुखवती च्यारिटी स्टोर सर्वसाधारण तथा विभिन्न संघ-संस्थाबाट प्रयोगयोग्य पुराना लुगा, पुस्तक, जुत्ता, खेलौना र घरायसी सामग्रीहरू संकलन गरी ती सामग्रीलाई अत्यन्तै सस्तो एवं सुलभ मूल्यमा विपन्न, न्यून आय भएका र सीमान्तकृत समुदायमा उपलब्ध गराउने कार्यमा क्रियाशील अग्रणी गैरनाफामूलक संस्था हो।
यस अभियानको पहुँचलाई थप व्यापक बनाउन र सर्वसाधारणलाई पुराना तर उपयोगी सामानहरू दान गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले विभिन्न रणनीतिक सार्वजनिक स्थानहरूमा 'डोनेशन बक्स' (सामग्री संकलन पेटिका) हरू जडान गर्न सहयोग पुर्याएको छ। यस पहलले फोहोर व्यवस्थापन र पर्यावरण संरक्षणमा मद्दत पुर्याउने मात्र नभई संकलित सामग्रीमार्फत आर्थिक रूपमा कमजोर परिवारहरूको दैनिक आर्थिक भार कम गर्न र सामाजिक समावेशीकरणलाई मजबुत बनाउन ठूलो सहयोग पुर्याउनेछ। यी संकलन पेटिकाहरू निम्नलिखित क्षेत्रहरूमा उपलब्ध रहनेछन्:
काठमाडौँ उपत्यका
बाँसबारी क्लब – काठमाडौँ (वडा नं. ३)
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग (SOMTU) – कीर्तिपुर
अल्फा मार्ट – बूढानीलकण्ठ
रानीभू क्लब – ललितपुर (वडा नं. ८)
पोखरा
शिवालय चोक – रामबजार
अनुपम मार्ग – न्यूरोड