सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई सहयोग

    कुमारी बैंक लिमिटेडले नेपालको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक, पोखराको सराङकोटमा श्री पञ्चमुखी गणेशको प्रतिमा स्थापना गर्न सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ।

    उक्त श्री गणेशको प्रतिमा ३८ फिट अग्लो हुने भएकाले यो नेपालकै सबैभन्दा अग्लो गणेश प्रतिमा हुनेछ। पर्यटनको उच्च सम्भावना भएको नेपालमा यस प्रतिमाले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसबाट देशको पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

    यसका साथै, उक्त पहलले नेपाली धर्म, संस्कृति तथा सभ्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    #