विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

    कुमारी बैंक लिमिटेडले विश्व वातावरण दिवस–२०१८ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    उक्त कार्यक्रम दुई स्थानमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरस्थित बाबा आश्रममा तथा दोस्रो चरणमा बैंकको नक्साल शाखा परिसरमा वृक्षारोपण गरिएको थियो। कार्यक्रममा बैंकका अध्यक्ष श्री सन्तोष लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुका साथै प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारी, बैंकका उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, बैंकका विभिन्न शाखा कार्यालयहरूले पनि आफ्ना शाखा परिसरमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरेका थिए।

    नेपाल राष्ट्र बैंकद्वारा जारी ‘एक कर्मचारी, एक फलफूलको बिरुवा’ अभियानअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई हरियाली प्रवर्द्धनमा योगदान गर्न आह्वान गरिएकाले कुमारी बैंकले उक्त अभियानलाई सफल बनाउन यो वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।

    यस कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो विकासप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाइएको छ।

    #