कुमारी बैंक लिमिटेडले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित अग्रणी संस्थामध्ये एक गुरुकुल एजुकेसन फाउन्डेसन लाई आर्थिक सहयोग प्रदान गरेको छ।
हालका दिनमा शिक्षण तथा सिकाइ प्रक्रियालाई थप प्रभावकारी, प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाउन मल्टिमिडिया प्रोजेक्टरको प्रयोग अपरिहार्य बन्दै गएको छ। यसले विद्यार्थीहरूलाई विषयवस्तु सहज रूपमा बुझ्न तथा जानकारीलाई प्रभावकारी ढङ्गले आत्मसात् गर्न महत्वपूर्ण सहयोग पुर्याउँछ।
यसै सन्दर्भमा, गुरुकुल एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित नेपाल कलेज अफ म्यानेजमेन्ट मा शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन नयाँ प्रोजेक्टर उपलब्ध गराइदिन अनुरोध गरिएको थियो। उक्त अनुरोधलाई सम्बोधन गर्दै कुमारी बैंक लिमिटेडले संस्थालाई एक थान Acer Projector उपलब्ध गराई सहयोग गरेको छ।
यस सहयोगले प्रविधिमैत्री शिक्षण वातावरणको विकास, शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको सिकाइ अनुभवलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।