नारायणगढ शाखाद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण

    कुमारी बैंक लिमिटेडको नारायणगढ शाखाले चितवन जिल्लाको माडीस्थित शिशु कल्याण आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।

    आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको उक्त सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई बैंकका नारायणगढ शाखा प्रमुख श्री भूपेन्द्र खड्काले विद्यालयका अध्यक्ष श्री चुडामणि अधिकारीको उपस्थितिमा विद्यालय झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरेका थिए।

    कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा संरक्षणलगायतका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। आगामी दिनहरूमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अझ प्रभावकारी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

    #