संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इन्द्रावती कम्युनिटी सर्भिस सेन्टरसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोकस्थित इन्द्रावती कम्युनिटी सर्भिस सेन्टर (ICSC) सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

    उक्त स्वास्थ्य शिविरमार्फत ग्रामीण क्षेत्रका ५०० भन्दा बढी स्थानीयवासीले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन्। देशका विभिन्न अस्पतालसँग आबद्ध वरिष्ठ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरेको थियो।

    डा. कोमल थापाको पहलमा आयोजित शिविरमा आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञलगायत विभिन्न विधाका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए।

    साथै, कुमारी बैंक लिमिटेडले विगतदेखि नै यस्ता सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

    #