शिक्षा र आत्मसम्मानका लागि सहयोग: 'प्रिजनर्स असिस्टेन्स मिसन' (PAM) का बालबालिकाहरूलाई सहायता

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गुणस्तरीय शिक्षा, मानवीय सहायता, र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले काठमाडौँको रानीवनस्थित प्रिजनर्स असिस्टेन्स मिसन (PAM) सँग सहकार्य गरेको छ। वि.सं. २०४८ मा स्थापना भएको यस नाफारहित संस्थाले कारागारमा रहेका व्यक्तिका बालबालिकाहरूलाई सुरक्षित आवासीय वातावरण, शिक्षा, र चौतर्फी विकासको अवसर प्रदान गर्दै समाजमा पुनर्मिलन गराउन महत्त्वपूर्ण कार्य गर्दै आइरहेको छ।

    शैक्षिक सामग्री र उचित पोसाकले बालबालिकाको मनोबल र आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्छ भन्ने तथ्यलाई आत्मसात् गर्दै, बैंकले नयाँ शैक्षिक सत्रको अवसरमा यस संस्थामा आश्रित बालबालिकाहरूलाई सहयोग गरेको हो। विद्यालयद्वारा लागू गरिएको नयाँ ड्रेस कोड (पोसाक) बमोजिम बालबालिकाहरूका लागि आवश्यक स्कुल ड्रेस र खेलकुद पोसाकको व्यवस्थापनमा बैंकले सहयोग उपलब्ध गराएको छ। यस पहलले बालबालिकाहरूलाई कुनै पनि किसिमको हीनताबोध बिना, आत्मसम्मानका साथ नियमित विद्यालय जान र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन मिल्ने विश्वास बैंकले लिएको छ।

    #