सुखावती च्यारिटी स्टोरलाई आर्थिक सहयोग

    सुखावती च्यारिटी स्टोरले समाजमा पुनःप्रयोगयोग्य सामग्रीको सदुपयोग गर्दै आर्थिक रूपमा विपन्न तथा कमजोर वर्गका नागरिकहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले “डोनेशन बक्स पहल (Donation Box Initiative)” सञ्चालन गर्ने योजना बनाएको छ। यस पहल अन्तर्गत सार्वजनिक स्थानहरूमा डोनेशन बक्सहरू स्थापना गरी प्रयोगयोग्य लुगा, पुस्तक, जुत्ता, खेलौना तथा घरायसी सामग्री संकलन गरिनेछ।

    यस कार्यक्रमका लागि निम्न स्थानहरूमा डोनेशन बक्स स्थापना गर्ने योजना रहेको छ:

    क्र.सं. क्षेत्र स्थान जिल्ला
    १ काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारी क्लब काठमाडौं
    २ कीर्तिपुर नगरपालिका SOMTU काठमाडौं
    ३ बुढानीलकण्ठ अल्फा मार्ट काठमाडौं
    ४ ललितपुर–८ रानीबु क्लब ललितपुर
    ५ रामबजार शिवालय चोक पोखरा
    ६ न्यूरोड अनुपम मार्ग पोखरा

    उक्त डोनेशन बक्समार्फत संकलित सामग्रीहरू आवश्यकताअनुसार विभिन्न परोपकारी कार्यक्रममार्फत निःशुल्क वितरण गरिनेछ वा अत्यन्तै सहुलियतपूर्ण मूल्यमा बिक्री गरिनेछ। यसबाट न्यून आय भएका परिवार, विपन्न समुदाय तथा अन्य संवेदनशील समूहहरूले लुगा, पुस्तक, जुत्ता, खेलौना तथा घरायसी सामग्रीजस्ता अत्यावश्यक वस्तुहरू सहज र सम्मानजनक रूपमा प्राप्त गर्न सक्नेछन्।

    यस पहलले पुनःप्रयोगयोग्य सामग्रीको प्रभावकारी व्यवस्थापन, फोहोर न्यूनीकरण तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै आर्थिक रूपमा कमजोर परिवारहरूको दैनिक खर्चको भार कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    #