कुमारी बैंक लिमिटेडले Society for prevention of cruelty to Animal Nepal (SPCA Nepal) लाई आर्थिक सहयोग प्रदान गरेको छ।
SPCA नेपालको उद्देश्य नेपालमा पशुहरूको संरक्षण तथा कल्याण प्रवर्द्धन गर्दै उनीहरूका लागि सुरक्षित र मानवीय वातावरण निर्माण गर्नुका साथै सडकमा रहेका छाडा पशुहरूको संख्या व्यवस्थापन गर्नु हो। संस्थाले छाडा तथा असहाय जनावरहरूको बन्ध्याकरण (Spaying/Neutering), खोप सेवा, उपचार तथा आवश्यक परेका जनावरलाई आश्रय प्रदान गर्दै आएको छ।
यस प्रकारका कार्यक्रमहरूले जनावरहरूको जीवनलाई सुरक्षित र स्वस्थ बनाउन मात्र नभई समुदाय तथा समाजलाई पनि प्रत्यक्ष लाभ पुर्याउँछन्। सडकमा छाडा जनावरहरूको संख्या नियन्त्रण हुँदा सवारी दुर्घटना तथा ट्राफिक अवरोधजस्ता समस्यामा समेत कमी आउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कुमारी बैंक लिमिटेडले प्रदान गरेको यस आर्थिक सहयोगले पशु कल्याणका साथै सुरक्षित, व्यवस्थित र जिम्मेवार समाज निर्माणमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छ।