कुमारी बैंक लिमिटेडले Society for prevention of cruelty to Animal Nepal (SPCA) लाई आर्थिक सहयोग प्रदान गरेको छ।
SPCA नेपालको उद्देश्य नेपालमा पशुहरूको संरक्षण तथा कल्याणलाई प्रवर्द्धन गर्दै उनीहरूका लागि सुरक्षित, स्वस्थ र मानवीय वातावरण निर्माण गर्नुका साथै सडकमा रहेका छाडा पशुहरूको संख्या व्यवस्थापन गर्नु हो। यस उद्देश्यअनुरूप संस्थाले छाडा तथा असहाय जनावरहरूको बन्ध्याकरण (Spaying/Neutering), खोप सेवा, उपचार तथा आवश्यक परेका जनावरहरूलाई आश्रय प्रदान गर्ने कार्य गर्दै आएको छ।
यस्ता कार्यक्रमहरूले जनावरहरूको जीवनलाई सुरक्षित र गुणस्तरीय बनाउन मात्र नभई समुदाय र समाजलाई पनि प्रत्यक्ष रूपमा लाभ पुर्याउँछन्। सडकमा छाडा जनावरहरूको संख्या नियन्त्रण हुँदा सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कुमारी बैंक लिमिटेडद्वारा प्रदान गरिएको यस आर्थिक सहयोगले पशु कल्याणलाई प्रवर्द्धन गर्नुका साथै सुरक्षित, व्यवस्थित र जिम्मेवार समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने विश्वास बैंकले लिएको छ।