श्री गह्रौसुर धार्मिक तथा पर्यटकीय केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले श्री गह्रौंसुर धार्मिक तथा पर्यटकीय केन्द्र मा ज्येष्ठ नागरिक सेवा गृह निर्माण तथा सामाजिक कल्याणसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ। यस पहलअन्तर्गत स्याङ्जा जिल्लाका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उनीहरूको शैक्षिक विकासमा समेत सहयोग गरिएको छ।

    ज्येष्ठ नागरिकको संरक्षण तथा सम्मानका साथै युवापुस्ताको शैक्षिक सशक्तीकरणलाई एकैसाथ समेट्ने यस परियोजनाले समुदायको समग्र सामाजिक कल्याणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस परियोजनाका प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

    • मन्दिर परिसरको शान्त, सुरक्षित तथा सहयोगी वातावरणमा ज्येष्ठ नागरिकहरूलाई आवास, आवश्यक स्याहार–सुसार तथा पोषणयुक्त भोजनको व्यवस्था गर्नु।
    • ज्येष्ठ नागरिकहरूलाई मन्दिरका धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा सहभागी गराई उनीहरूमा अपनत्व, सम्मान र सक्रिय सहभागिताको भावना अभिवृद्धि गर्नु।
    • स्याङ्जा जिल्लाका आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराई उनीहरूको शैक्षिक आवश्यकतामा सहयोग पुर्‍याउनु तथा उज्ज्वल भविष्य निर्माणका लागि प्रोत्साहन गर्नु।
    • गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै आर्थिक अभावका कारण सिर्जने शैक्षिक अवरोध न्यूनीकरण गरी युवाहरूलाई सशक्त बनाउनु।
    • मन्दिरलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको केन्द्रका रूपमा अझ सुदृढ र प्रभावकारी बनाउन सहयोग गर्नु।
    #