कर्णाली क्षेत्र पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रलाई आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले नेपालका पिछडिएका तथा आर्थिक रूपमा विपन्न समुदायका विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली क्षेत्र पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्र लाई आर्थिक सहयोग प्रदान गरेको छ।

    स्थापनाकालदेखि नै उक्त संस्थाले कालिकोट जिल्लाका सरकारी विद्यालयमा अध्ययन गरेका तथा उच्च शिक्षाका लागि काठमाडौं उपत्यकामा आएका विद्यार्थीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। तीमध्ये अधिकांश विद्यार्थी ग्रामीण तथा पिछडिएका समुदायका रहेका छन्, जसको गुणस्तरीय शिक्षामा पहुँच सीमित रहेको छ।

    आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूको शैक्षिक खर्च व्यवस्थापन गर्दै उनीहरूको अध्ययनलाई निरन्तरता दिन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कुमारी बैंक लिमिटेडले यस सामाजिक अभियानलाई सहयोग प्रदान गर्दै विपन्न विद्यार्थीहरूको शैक्षिक अवसर विस्तार तथा उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    #