नेपाल परिवार नियोजन संघ (FPAN) लाई आर्थिक सहयोग

    कुमारी बैंक लिमिटेडले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (Sexual and Reproductive Health and Rights – SRHR) को प्रवर्द्धनका लागि सञ्चारमाध्यम, शिक्षा तथा समुदायस्तरीय कार्यक्रममार्फत कार्यरत गैरनाफामूलक संस्था नेपाल परिवार नियोजन संघ (FPAN) लाई आर्थिक सहयोग प्रदान गरेको छ।

    FPAN ले समग्र परामर्श सेवा, परिवार नियोजन तथा यौन स्वास्थ्य सेवा, सुरक्षित गर्भपतन सेवा, एचआईभी/एड्स तथा अन्य यौनजन्य सङ्क्रमण (STI) सम्बन्धी सेवा, स्त्रीरोग सेवा, गर्भावस्थापूर्व तथा प्रसूति पश्चात् स्वास्थ्य सेवासहितको एकीकृत अत्यावश्यक स्वास्थ्य सेवा (Integrated Package of Essential Services – IPES) प्रदान गर्दै आएको छ।

    FPAN द्वारा सञ्चालन गरिएका प्रमुख कार्यक्रमहरू:

    • परिवार नियोजन सेवाको अपूरो आवश्यकता (Unmet Need) न्यूनीकरण गर्दै दिगो विकास लक्ष्य (SDGs) तथा नेपाल सरकारका दीर्घकालीन योजनाहरूको लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने।
    • स्वयंसेवकहरूको सहयोगमा घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने।
    • सञ्चालनमा रहेको क्लिनिकलाई बहु-विशेषज्ञ सेवा (Polyclinic) मा स्तरोन्नति गर्ने।
    • युवा वर्गका लागि सुरक्षित, सहयोगी तथा संरक्षणयुक्त वातावरण निर्माण गर्ने।
    • युवाहरूको जीवनोपयोगी सीप अभिवृद्धि गर्दै उनीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने।
    • युवा–मैत्री स्वास्थ्य तथा परामर्श सेवामा पहुँच र उपयोगिता वृद्धि गर्ने।
    • समान उद्देश्य भएका संस्थाहरू, सम्बन्धित सरोकारवाला निकाय तथा शिक्षा मन्त्रालयसँग समन्वय गरी समग्र यौनिकता शिक्षा (Comprehensive Sexuality Education – CSE) लाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न पैरवी गर्ने।

     

    #