ई–नेबल नेपाल (e-Nable Nepal) लाई आर्थिक सहयोग

    बैंकले ई–नेबल नेपाल (e-Nable Nepal) लाई थ्री–डी (3D) कृत्रिम हात (Prosthetic Hands) उत्पादन गर्ने परियोजनाका लागि आर्थिक सहयोग प्रदान गरेको थियो। उक्त संस्थाले जन्मजात शारीरिक रूपमा अपाङ्ग भएका वा विभिन्न कारणले हात, पाखुरा वा अन्य अंग गुमाएका बालबालिकाप्रति समाजको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ कार्य गर्दै आएको छ।
    संस्थाको मुख्य उद्देश्य शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यक सहयोग प्रदान गरी उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्नु तथा जीवनस्तर सुधार गर्नु हो। साथै, यस्ता बालबालिकाहरूलाई आवश्यक हेरचाह, सेवा तथा प्रोत्साहन उपलब्ध गराई उनीहरूमा आत्मविश्वास वृद्धि गर्ने, आफ्ना क्षमतामा विश्वास गर्न प्रेरित गर्ने तथा अन्य बालबालिकासँग समान रूपमा प्रतिस्पर्धा गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको छ।
    ई–नेबल नेपालको यस परियोजनामार्फत अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यक थ्री–डी प्रविधिबाट निर्मित कृत्रिम हात उपलब्ध गराई उनीहरूको दैनिक जीवनलाई सहज बनाउने तथा आत्मनिर्भर जीवनयापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
    ई–नेबल नेपालका उद्देश्यहरू:

    नेपालका बालबालिकाहरूका लागि थ्री–डी प्रविधिमा आधारित कृत्रिम हात (3D Prosthetic Hands) उत्पादन तथा व्यवस्थापन गर्ने।
    शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न तथा उनीहरूको जीवनस्तर सुधार गर्न आवश्यक सेवा र सहयोग उपलब्ध गराउने।
    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा सुविधाको पक्षमा वकालत गर्ने तथा सेवा प्राप्त गर्ने व्यक्ति र उनीहरूका परिवारलाई सधैं सम्मान र मर्यादाका साथ व्यवहार गर्दै ती अधिकारप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गर्ने।
    शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूलाई सीप विकास तथा आयआर्जनमूलक तालिम सञ्चालन गर्न सहजीकरण गरी उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न तथा जीवनस्तरको सुधार एवं दिगोपनामा सहयोग पुर्‍याउने।

     

    #