दलित सशक्तीकरण केन्द्र नेपाल (DEC-Nepal) लाई विभिन्न विद्यालयहरूमा झोला वितरणका लागि आर्थिक सहयोग

    हुम्ला जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विपन्न तथा विशेषगरी दलित समुदायका विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले दलित सशक्तीकरण केन्द्र नेपाल (DEC-Nepal) लाई विद्यालय झोला खरिद तथा वितरणका लागि आर्थिक सहयोग प्रदान गरिएको थियो।
    यस सहयोगमार्फत हुम्ला जिल्लास्थित ६ वटा विद्यालयका आर्थिक रूपमा कमजोर तथा वञ्चित विद्यार्थीहरूलाई २६३ थान विद्यालय झोला वितरण गरिएको थियो। उक्त विद्यालयहरूमा श्री मण्डाली आधारभूत विद्यालय, श्री गल्फागाड आधारभूत विद्यालय, श्री काँखे आधारभूत विद्यालय, श्री पाङ्ग्रपानी आधारभूत विद्यालय, श्री सुपाखेत आधारभूत विद्यालय तथा श्री हिमालचुली आधारभूत विद्यालय रहेका छन्।

    #