बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जनस्वास्थ्य पूर्वाधारमा सुधार ल्याउने र दुर्गम क्षेत्रका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यअनुरूप, बैंकले उदयपुर जिल्लाको बेलका नगरपालिका-९ स्थित बेलका नगर अस्पतालसँग सहकार्य गरेको छ। सरकारी स्तरबाट स्तरोन्नति गरिएको यस आधारभूत अस्पतालले आकस्मिक सेवा, प्रसूति, ल्याब तथा स्वास्थ्य बिमा लगायतका सेवाहरू प्रदान गर्दै स्थानीय क्षेत्रका विपन्न, न्यून आय भएका र सीमान्तकृत परिवारहरूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
अस्पतालमा सेवाग्राहीहरूको चापलाई मध्यनजर गर्दै र बिरामीहरूको बसाइलाई सहज बनाउन बैंकले अस्पतालको बहिरङ्ग विभाग (OPD) र प्रसूति गृह (Birthing Center) को प्रतिक्षालय पूर्वाधारलाई सुदृढ बनाउन सहयोग गरेको हो। यस पहलअन्तर्गत, अस्पतालमा आउने ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवती महिलाहरूलाई लक्षित गरी आरामदायी र मजबुत सार्वजनिक धातुका कुर्सीहरू (Metallic Visitor Chairs) जडान गरिएको छ। यस स्वास्थ्य सहयोगमार्फत लामो समय पालो पर्खनुपर्ने बिरामी तथा तिनका आफन्तहरूको स्वास्थ्य र सहजता सुनिश्चित हुने तथा स्थानीय तहमा आधारभूत स्वास्थ्य अधिकारलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।