आधुनिक सिकाई र समावेशी शिक्षामा जोड: सिरहाका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गुणस्तरीय शिक्षाको विकास, बाल कल्याण, र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले सिरहाको गोलबजार नगरपालिका-२, तोड्केस्थित श्री जनता आधारभूत विद्यालयसँग सहकार्य गरेको छ। वि.सं. २०३७ मा स्थापना भएको यस ऐतिहासिक सरकारी विद्यालयले स्थानीय क्षेत्रका ठूलो संख्यामा विपन्न तथा आर्थिक रूपमा न्यून आय भएका परिवारका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको छ।

    वर्तमान समयमा डिजिटल सिकाई सामग्री र विद्यालयमा समानताको वातावरणले बालबालिकाको चौतर्फी विकासमा ठूलो भूमिका खेल्छ भन्ने तथ्यलाई आत्मसात् गर्दै बैंकले यो शैक्षिक सहायता अभियान चलाएको हो। यस पहलअन्तर्गत, विद्यार्थीहरूको सिकाईलाई आधुनिक र प्रविधिमैत्री बनाउन विद्यालयलाई 'स्मार्ट टिभी' (Smart TV) उपलब्ध गराउनुका साथै आवश्यक स्टेसनरी सामग्री र खेलकुदका सामानहरू प्रदान गरिएको छ। यसका साथै, विद्यालयले लागू गरेको नयाँ ड्रेस कोड बमोजिम आर्थिक अभावका कारण पोसाक किन्न असमर्थ बालबालिकाहरूका लागि स्कुल ड्रेस तथा ट्र्याक सुटको व्यवस्थापनमा बैंकले सहयोग गरेको छ। यस वृहत सहयोगमार्फत बालबालिकाहरूको आत्मबल बढ्ने, नियमित विद्यालय उपस्थितिमा सुधार आउने र उनीहरूले समान रूपमा गुणस्तरीय शिक्षा पाउने विश्वास बैंकले लिएको छ।

    #