दुर्गम क्षेत्रका बालबालिकालाई सहयोग: बाजुराका विद्यार्थीहरूका लागि लायन्स क्लब अफ काठमाडौँ आबद्धसँग सहकार्य

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षाको प्रवर्द्धन र सीमान्तकृत समुदायको उत्थान गर्ने उद्देश्यअनुरूप, बैंकले लायन्स क्लब अफ काठमाडौँ आबद्धसँग साझेदारी गरेको छ। साक्षरता र डिजिटल सिकाई अभिवृद्धि गर्ने मूल ध्येय बोकेको यस क्लबले नेपालका विपन्न वर्ग र समुदायहरूमा विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।

    बाजुरा जिल्लाको विकट क्षेत्रका जेहेन्दार विद्यार्थी तथा महिलाहरूलाई आवश्यक शैक्षिक सामग्री र स्वास्थ्य किटहरू उपलब्ध गराउने क्लबको विशेष परियोजनाअन्तर्गत, बैंकले विपन्न वर्गका विद्यार्थीहरूका लागि १०० थान स्कुल ब्याग (झोला) सौजन्य गरी सहयोग हात बढाएको छ। दुर्गम क्षेत्रका बालबालिकाहरूको शिक्षामा पहुँच पुर्‍याउन, उनीहरूलाई नियमित विद्यालय जान प्रोत्साहित गर्न र आत्मसम्मानका साथ शिक्षा आर्जन गर्ने वातावरण निर्माण गर्न यस पहलले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ।

    #