विकट क्षेत्रका विद्यालयमा प्रविधिमैत्री शिक्षा: सुदूरपश्चिम र कर्णालीका सरकारी विद्यालयमा डिजिटल सिकाई प्रणाली

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने उद्देश्यअनुरूप, बैंकले 'मातृ शिक्षा' नामक गैरनाफामूलक शैक्षिक संस्थासँग सहकार्य गरेको छ। मातृ शिक्षाले विद्यालयहरूको राष्ट्रिय पाठ्यक्रममा आधारित भई नेपाली विषयलाई सरल र रुचिपूर्ण ढङ्गले सिकाउन आधुनिक अडियो-भिजुअल (श्रव्य-दृश्य) सामग्री विकास गर्दै आइरहेको छ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम तथा विकट क्षेत्रका सामुदायिक विद्यालयहरूमा अन्तरक्रियात्मक र आधुनिक शैक्षिक सामग्रीको अभावका कारण विद्यार्थीहरूले नेपाली भाषा सिकाईमा भोग्नुपरिरहेको चुनौतीलाई सम्बोधन गर्न बैंकले यो कदम चालेको हो। सरकारी र निजी विद्यालयहरू बीचको शैक्षिक स्तरको दुरी कम गर्ने उद्देश्यले, बैंकले कक्षा ८, ९ र १० का विद्यार्थीहरूका लागि यो आधुनिक श्रव्य-दृश्य प्रणाली उपलब्ध गराउन वित्तीय सहयोग गरेको छ। यस प्रविधिमैत्री पहलले शिक्षकहरूलाई शिक्षण कार्यमा सहजता प्रदान गर्नुका साथै निम्नलिखित विद्यालयका बालबालिकाहरूको सिकाईलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ:

    लाभान्वित विद्यालयहरू

    सुदूरपश्चिम प्रदेश (चुरे गाउँपालिका)

    • श्री शिव माध्यमिक विद्यालय – किमतोला, कैलाली

    • श्री भैरव माध्यमिक विद्यालय – आलाद, कैलाली

    • मोहन्याल माध्यमिक विद्यालय – निगाली, कैलाली

    कर्णाली प्रदेश (चौरजहारी नगरपालिका)

    • श्री सरस्वती माध्यमिक विद्यालय – घरेलीचौर, रुकुम पश्चिम

    • श्री बालहित माध्यमिक विद्यालय – साक्चाखोला, रुकुम पश्चिम

    • श्री माध्यमिक विद्यालय – कोटजहारी, रुकुम पश्चिम

    • श्री हिमालय माध्यमिक विद्यालय – खोलागाउँ, रुकुम पश्चिम

    #