पूर्व जीवित देवी कुमारी त्रिश्ना शाक्यलाई शैक्षिक छात्रवृत्ति हस्तान्तरण

    कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री रामचन्द्र खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत काठमाडौंको बसन्तपुरकी पूर्व जीवित देवी कुमारी सुश्री त्रिश्ना शाक्यलाई उच्च शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो।
    उक्त पहल उनको कुमारीको कार्यकाल समाप्तिपछि पनि शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको थियो। यस छात्रवृत्तिमार्फत उनको उच्च शिक्षाको यात्रा थप सहज बनाउन तथा शैक्षिक उन्नयनका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइएको थियो।
    यस कार्यक्रमले शिक्षा क्षेत्रप्रति बैंकको प्रतिबद्धतालाई उजागर गर्नुका साथै सांस्कृतिक तथा धार्मिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी पूर्व जीवित देवी कुमारीको शैक्षिक विकास र उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको थियो।

    #