विश्व वातावरण दिवस २०२६: हरित भविष्य अभियान

    विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरम (LWPF) सँगको सहकार्यमा “Cultivating Green Futures” अभियान सुरु गरेको हो। संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDG 13: Climate Action र SDG 15: Life on Land) अनुरूप सञ्चालन गरिएको यस अभियानले वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन, जलवायु उत्थानशीलता तथा दिगो सामुदायिक विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
    अभियानको सुरुवात इलाम नगरपालिका मा वृक्षारोपण कार्यक्रममार्फत गरिएको थियो, जसले वातावरण संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। त्यसपछि बर्दियाको बाँसगढी नगरपालिका मा बाँस रोपण कार्यक्रम सञ्चालन गरिएको थियो, जसले माटो संरक्षण तथा भविष्यमा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउनेछ। त्यसैगरी, लमजुङको राइनास नगरपालिकामा ५०० वटा कटहरका बिरुवा तथा सर्लाहीको हरिवन नगरपालिका–८ मा ५०० वटा फलफूलजन्य बिरुवा रोपण गरी हरियाली विस्तार, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायका लागि दीर्घकालीन आर्थिक सम्भावना सिर्जना गर्ने प्रयास गरिएको छ।
    यी कार्यक्रमहरूमार्फत कुमारी बैंकले वातावरण संरक्षणसँगै गरिब, सीमान्तकृत तथा ग्रामीण समुदायको दिगो जीविकोपार्जनमा समेत योगदान पुर्‍याउने लक्ष्य राखेको छ। LWPF, स्थानीय सरकार तथा समुदायसँगको सहकार्यमा बैंकले हरित, समृद्ध र दिगो नेपालको निर्माणमा आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।

    #