कुमारी बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमलाई उचित व्यवस्थापन, सुरक्षा तथा अधिकतम पहुँच सुनिश्चित गर्न मान्यता प्राप्त स्वास्थ्य संस्थासँग समन्वय गरी सञ्चालन गरिएको थियो। यस अभियान बैंकका शाखाहरू, प्रादेशिक कार्यालयहरू, एक्सटेन्सन काउन्टरहरू तथा विभिन्न विभागहरूको सक्रिय सहभागितामा नेपालका सबै प्रदेशहरूमा कार्यान्वयन गरिएको थियो।
यस कार्यक्रममार्फत ठूलो संख्यामा रक्त सङ्कलन भई विभिन्न रक्त बैंकहरूमा उपलब्ध गराइएको थियो, जसले आकस्मिक तथा नियमित उपचारका लागि रगतको आवश्यकता भएका बिरामीहरूलाई सहयोग पुर्याउन योगदान दिएको छ। साथै, यस पहलले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउनुका साथै समुदायमा सेवा र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
कार्यक्रमका उद्देश्यहरू;
रक्त बैंकहरूमा आवश्यक रगत उपलब्ध गराई राष्ट्रिय स्वास्थ्य सेवामा योगदान पुर्याउने।
समुदायको कल्याण तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने।
रजत जयन्तीको अवसरलाई सामाजिक रूपमा प्रभावकारी तथा जनहितकारी कार्यक्रममार्फत स्मरणीय बनाउने।