कुमारी फोनलोन अब EMI मा उपलब्ध
प्रायः सोधिने प्रश्नहरू (Frequently Asked Questions)
कुमारी फोनलोन भनेको के हो?
कुमारी फोनलोन कुमारी बैंकद्वारा प्रदान गरिने एक डिजिटल ऋण सुविधा हो, जसले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत तुरुन्त साना अवधिका ऋण उपलब्ध गराउँछ।
ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरेर दर्ता गरी फोनलोनका लागि आवेदन दिनुपर्छ। ऋण स्वीकृति स्वचालित रूपमा हुन्छ र स्वीकृत रकम तुरुन्तै ग्राहकको खातामा जम्मा हुन्छ। सम्पूर्ण प्रक्रिया केही मिनेटमै सम्पन्न हुन्छ।
यी पूर्व-स्वीकृत (pre-approved) ऋणहरू बैंकले तोकेको मापदण्ड अनुसार स्वचालित विश्लेषण प्रणालीद्वारा योग्य ठहरिएका ग्राहकहरूलाई उपलब्ध हुन्छन्। आकस्मिक नगद आवश्यकता, दैनिक खर्च वा व्यक्तिगत चाहना पूरा गर्न फोनलोन कुनै पनि समय, जहाँसुकै सजिलै उपलब्ध छ।
ग्राहकका लागि कुमारी फोनलोनका मुख्य फाइदा के–के हुन्?
फोनलोनका उपलब्ध भुक्तानी विकल्पहरू के–के हुन्?
न्यूनतम/अधिकतम ऋण रकम कति हो?
व्यक्तिगत ऋण सीमा विश्लेषण प्रणालीद्वारा निर्धारण गरिन्छ र ग्राहकले सो सीमा भन्दा माथि ऋण लिन सक्नुहुन्न।
ऋण अवधि (Tenure) कति उपलब्ध छ?
अन्तिम अवधि ग्राहकको योग्यताका आधारमा निर्धारण हुन्छ।
फोनलोन - Buy Now Pay Later भनेको के हो?
फोनलोन Buy Now Pay Later मोडेलले ग्राहकलाई QR स्क्यान गरी वस्तु खरिद गर्न र रकम पछि भुक्तानी गर्न अनुमति दिन्छ।
प्रक्रिया:
यो सेवा कहाँ प्रयोग गर्न सकिन्छ?
फोनेपे QR स्वीकार गर्ने कुनै पनि व्यापारीमा प्रयोग गर्न सकिन्छ।
को–को ग्राहक योग्य हुन्छन्?
हाल:
के सबै तलब खाताधारी योग्य हुन्छन्?
होइन।
विश्लेषण प्रणालीले ग्राहकको व्यवहारका आधारमा स्कोर निर्धारण गर्छ। मापदण्ड पूरा गर्ने ग्राहक मात्र योग्य हुन्छन्।
योग्यता निर्धारण गर्ने मुख्य आधारहरू के हुन्?
अयोग्य ग्राहक भविष्यमा योग्य हुन सक्छन्?
हुन्छ।
यदि ग्राहकको बैंकिङ गतिविधि सकारात्मक सुधार भयो भने भविष्यमा योग्य हुन सक्छ।
तर उल्टो अवस्थामा योग्य ग्राहक पनि अयोग्य हुन सक्छन्।
म योग्य छु कि छैन, कसरी थाहा हुन्छ?
मोबाइल बैंकिङ एपमा लगइन गरेपछि योग्य ग्राहकले फोनलोन आइकन देख्छन्। अयोग्य ग्राहकमा यो सुविधा देखिँदैन।
मोबाइल बैंकिङ आवश्यक छ?
हो।
फोनलोन सेवा मोबाइल एपमार्फत मात्र उपलब्ध हुन्छ।
ऋण कसरी सेटल हुन्छ?
भुक्तानी मिति वा EMI मितिमा:
भुक्तानी ढिला भएमा:
EMI भुक्तानी मिति परिवर्तन गर्न सकिन्छ?
हुन्छ, तर मिति ऋण लिएको ३० दिनभित्र हुनुपर्छ।
धितो वा कागज आवश्यक हुन्छ?
हुदैन, यो पूर्ण रूपमा डिजिटल र बिना धितोको ऋण सेवा हो।
अग्रिम भुक्तानी गर्न पाइन्छ?
पाइन्छ।
तर अग्रिम भुक्तानी गर्दा शुल्क लाग्न सक्छ।
अर्को फोनलोन लिन पाइन्छ?
अघिल्लो ऋण पूर्ण भुक्तानी गरेपछि मात्र नयाँ ऋण लिन सकिन्छ।
फोनलोनमा लाग्ने शुल्कहरू के हुन्?