१. नेपाल र विदेशमा उच्च शिक्षा (प्रोफेशनल वा टेक्निकल) खोज्नुहोस्
१. विद्यार्थीको अभिभावक / अभिभावकको ईएमआई भुक्तानीका लागि पर्याप्त आम्दानी हुनुपर्दछ।
२. सम्बन्धित शैक्षिक संस्थाबाट भर्ना पुष्टिकरण आवाश्यक हुन्छ।

जबकि प्रक्रिया जटिल र झन्झटिलो लाग्न सक्छ, हामीले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने सरल बनाइएको शिक्षा ऋण सुविधा प्रस्तुत गरेका छौं। आवश्यक कागजात तथा प्रक्रिया मिलाउने जिम्मा हामीलाई दिनुहोस् र तपाईं आफ्नो रोजाइको विषय अध्ययन गरी उत्कृष्ट शिक्षा हासिल गर्नमा केन्द्रित हुनुहोस्।
कुमारी शिक्षा ऋणका विशेषताहरू:
अनुमानित लागतको अधिकतम ८०% सम्म वित्तीय सुविधा
सम्पत्तिको मुल्यांकनको १००% सम्म ऋण
अधिकतम १५ वर्षसम्मको अवधि
लचिलो किस्ता तिर्ने सुविधा
आवश्यक कागजातहरू:
ऋण आवेदन फाराम
कलेज/विश्वविद्यालयको I-20 वा Offer Letter
आवेदक तथा परिवार सदस्यहरूको नागरिकता प्रमाणपत्र
आवेदकको राहदानी (पासपोर्ट) प्रति
कलेज/विश्वविद्यालय सम्बन्धी विवरण
आयसम्बन्धी कागजातहरू र बैंकले आवश्यक ठानेका अन्य कागजातहरू
धितोसम्बन्धी कागजातहरू
No Objection Letter (ट्युशन शुल्क भुक्तानी गर्दा आवश्यक)