कुमारीको परिवार सुरक्षा बचत खाता (Kumari’s Pariwar Surakshya Bachat Khata) का विशेषताहरूः
- न्यूनतम मौज्दात: रु. १०,०००/-
- डेबिट कार्ड: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने।
- मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने।
- एटीएमबाट नगद झिक्ने सुविधा: नेपालभरिका कुनै पनि एटीएमबाट निःशुल्क।
- उमेर सीमा: १८ वर्षदेखि ७० वर्षसम्म।
- बीमा कभरेज: अधिकतम रु. २६ लाखसम्म।
- आकस्मिक मृत्यु: रु. २४ लाख (खाता धनी र जीवनसाथीका लागि जनही रु. १० लाख तथा १८ वर्षमुनिका दुई सन्तानका लागि जनही रु. २ लाख)।
- गम्भीर रोग (Critical Illness): रु. १ लाख
- चिकित्सकीय बीमा (अस्पताल भर्ना): रु. १ लाख
बीमा दाबीका लागि प्रतीक्षाकाल (Waiting Period):
- आकस्मिक मृत्यु / स्थायी पूर्ण अपाङ्गता (PTD): प्रतीक्षाकाल लागू हुँदैन।
- चिकित्सकीय बीमा (अस्पताल भर्ना): खाता खोलेको मितिबाट ३० दिन।
- गम्भीर रोग: खाता खोलेको मितिबाट ९० दिन।
लकर सुविधा:
- सुरक्षा धरौटी (Security Deposit Margin): STC अनुसार।
- वार्षिक शुल्क: पहिलो वर्ष निःशुल्क, दोस्रो वर्षदेखि STC अनुसार शुल्क लाग्ने।
- डिम्याट तथा मेरो शेयर: STC अनुसार।
- संयुक्त खाता: उपलब्ध छैन (प्रतिबन्धित)।
अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरूः
खातावालाको तथा उनका श्रीमान्/श्रीमतीको नागरिकता, विवाह दर्ता प्रमाणपत्र (विवाहित भएमा) र सन्तानको जन्मदर्ता प्रमाणपत्र (सन्तान भएमा)। सम्बन्धित सबैको पासपोर्ट साइज फोटो।
- ब्याजदर: https://www.kumaribank.com/interest-rate-deposits
* शर्तहरू लागू हुनेछन्।
आवश्यक कागजातहरू
- नागरिकता वा वैध पासपोर्टको प्रतिलिपि
- राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर
- नेपाली मोबाइल नम्बरको हकमा मोबाइल नम्बर प्रमाणीकरणको स्क्रिनसट
- पासपोर्ट साइज फोटो