कुमारी बैंक लिमिटेडले आफ्नो १४औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका शाखा कार्यालयहरूमार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरेको छ।
यस अवसरमा, कुमारीपाटी शाखाले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा तथा पोखरा शाखाले रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सफलतापूर्वक रक्तदान कार्यक्रम आयोजना गरेका थिए।
त्यसैगरी, बाराको निजगढ शाखाले स्थानीय सामुदायिक अस्पतालका बिरामीहरूलाई लामखुट्टेबाट जोगिने झुल वितरण गरेको थियो। साथै, बानेश्वर, कोटेश्वर, चाबहिल र बुढानीलकण्ठ शाखाहरूको संयुक्त आयोजनामा काठमाडौंको मिनभवनस्थित वृद्धाश्रममा खाद्यान्न सामग्री वितरण गरिएको थियो।
कुमारी बैंक लिमिटेडले विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा वातावरणलगायत विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
